Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


नेवि संघको महाधिवेशनको माग गर्दै देउवालाई ज्ञापन


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले महाधिवेशनको मिति घोषणा गर्न माग गर्दै सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । 

नेविसंघका उपाध्यक्ष पुष्पकुमार शाहीको नेतृत्वमा देउवा निवास बुढानिलकण्ठ पुगेर ज्ञापन पत्र बुझाइएको हो ।

उनीहरुले चैत्र भित्र नेबिसंघको रिक्त अध्यक्ष पद्मा मनोनयन गरी निर्वाचन गर्नु पर्ने भन्दै देउवाको ध्यानाकर्षण गराएका हुन् ।

सभापति देउवाले निर्वाचनको विकल्प नभएको भन्दै सबैलाई मिलाएर लैजाने नेतृत्व चाडै मनोनयन गर्ने आश्वासन दिनुभएको थियो ।

निर्वाचनको विषयलाई लिएर नेविसंघ गुट उपगुटमा विभाजित भएकाले माउ पार्टीलेसमेत अध्यक्ष पद्मा मनोनयन गर्न सकेको छैन् ।

अध्यक्ष नैनसिंह महरले राजिनामा दिए पछि नेविसंघ नेतृत्ववीहिन छ ।