जनकपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो औँल्याएका छन् ।
नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरमा आयोजित कार्यक्रममा उनले हिमाल, पहाड र तराईबीच पारस्परिक एकताका आधारलाई बलियो बनाउनु जरुरी रहेको भने ।
नेता पौडेलले समृद्धिका लागि नेपालका सम्पदालाई साझा रूपमा प्रयोग गर्ने पद्धति बसाले नेपाल सम्पन्न मुलुक बन्न सहज हुने धारणा राखे ।









प्रतिक्रिया दिनुहोस्