Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


हत्याका आरोपी १२ वर्षपछि पक्राउ


0
Shares

पाँचथर, मंसिर २ । पाँचथरमा एक महिलाको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई १२ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फलैंचा–७ का मोहन भनिने विकास राई रहेका छन् ।

२०६१ साल भदौ १८ गते सोही स्थान बस्ने २० वर्षीया मनिषा बेघाको टाउकोमा चोट लागेको अवस्थामा फलैंचाकै सिंहदेवी जङ्गलमा शव फेला परेको थियो ।

प्रहरीका अनुसार मृतक मनिषाको शव फेला पर्नुअघि २०६१ भदौ ८ गते मनिषा र विकास बीचको प्रेम सम्बन्धलाई लिएर गाउँमा चर्चा चलेको थियो ।

अहिले निज विकासलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिएका छन् । (रासस)