Logo १३ भाद्र २०८३, शनिबार | Sun Aug 30 2026


वैदेशिक रोजगार संस्थाका सन्चालक पक्राउ


0
Shares

काठमाडौं, मंसिर २ । वैदेशिक रोजगारीका लागि ब्रुनाई पठाइदिने भनी ठगी गरेको अभियोगमा नयाँबानेश्वरस्थित इलान इन्टरनेसनल प्रालिका सन्चालक घनश्याम अर्याललाई प्रहरीले पक्राउ गरेको छ ।

आकर्षक तलबसहित ब्रुनाई पठाइदिने भन्दै दीपकप्रसाद न्यौपानेसमेत ३० जनाबाट करिब रु एक करोड ३० लाख उठाइ सम्पर्कविहीन भएका अर्याललाई पीडितले दिएको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले बुधबार अनामनगरबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानबाट अर्यालले पीडितसँग रकम उठाउनका लागि नक्कली मागपत्र र प्रवेशाज्ञा कागजपत्र देखाइ ठगी गरेको खुल्न आएको छ ।

गुल्मी, सिमीचौर गाविस स्थायी घर भएका अर्याललाई ठगी मुद्दामा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । रासस