१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


ट्रम्पले पहिलो विदेशी नेताकोरुपमा जापानका प्रधानमन्त्री आबेलाई भेट्ने


0
Shares

काठमाडौं, मंसिर २ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो विदेशी नेताकोरुपमा जापानका प्रधानमन्त्री शिन्जो आबेलाई भेट्ने भएका छन् ।

टोकियोमा जापानको विदेशनीतिलाई लिएर विशाल र्‍याली प्रदर्शन भएकोबेला दुई नेताबीच न्यूयोर्कमा भेटवार्ता हुन लागेको हो ।

ट्रम्पले जापानी भूमिमा रहेका अमेरिकी सेनाका पक्षमा जापानले धेरै खर्च गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

उनले अमेरिकी राष्ट्रपति बाराक ओबामाले जापान र अरु प्यासिफिक मुलुकसँग रोकिराखेको व्यापार सम्झौताको निन्दा गरे ।

जापानी प्रधानमन्त्री आबेले विश्वास बढाउन र विश्व शान्ति र प्रगतिका लागि अमेरिकासँग मिलेर काम गर्न चाहेको बताएका छन् ।

दोस्रो विश्वयुद्धपछि अमेरिका र जापान मुख्य गठबन्धनकोरुपमा रहेका छन् । जापानमा अमेरिकाका हजारौं सेना रहेका छन् । (एजेन्सी)