
काठमाडौं, चैत १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीकर्ताले लाभ लिन्छन् भनेर इर्ष्या गर्न नहुने बताएका छन् ।
लगानी सम्मेलनको पूर्वसन्ध्यामा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले स्वदेशी लगानीकर्ताबाट लगानी भएन भनेर दर्शन छाँट्नेहरु पनि देखिएको भन्दै ‘लगानीकर्ताले लाभ लिन्छन् भनेर इर्ष्या गर्न हुँदैन’–भने ।
उनले विद्वान् पुर्खाको ‘जेनेटिक मेमोरी’सहितका नेपाली युवाहरु देशको सबल पक्ष भएको तर पुँजी र प्रविधि कमजोर रहेको बताए ।
मेडिसिटी विश्वस्तरीय अस्पतालमा सूचीकृत
कार्यक्रममा नेपाल मेडिसिटी अस्पताललाई भारतको नेसनल एक्रिडिटेसन बोर्ड फर हस्पिटल एन्ड हेल्थ केयर प्रोभाइडर्सले मान्यताको प्रमाणपत्र दिएको थियो ।
यो मान्यतासँगै मेडिसिटी अस्पताल नेपालको एकमात्र विश्वस्तरीय अस्पतालमा सूचीकृत भएको छ ।
अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले गुणस्तरीय सेवा दिन सधैं तयार रहेको भन्दै देशको हीतका लागि अन्य क्षेत्रमा पनि लगानी गर्न तयार रहेको बताए ।
“
प्रतिक्रिया दिनुहोस्