Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ६३ पुग्यो


0
Shares

अपडेट : नयाँ दिल्ली, मंसिर ५ । भारतमा आइतबार बिहानै भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

पटना–इन्दौर एक्सप्रेसको १४ वटा डिब्बा लिकबाट उत्रिएको हो । दुर्घटनामा परी अन्य एक सय ५० भन्दा बढी यात्री घाइते भएका छन् ।

इन्दौरबाट पटना जाँदै गरेको रेल बिहानै स्थानीय समयअनुसार तीन बजेर १० मिनेट जाँदा कानपुर नजिकै दुर्घटना भएको हो ।

 

प्रारम्भिक समाचार

भारतमा आइतबार बिहानै एउटा रेल दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

इन्दौरबाट पटना जाँदै गरेको रेल बिहानै स्थानीय समयअनुसार तीन बजेर १० मिनेट जाँदा कानपुर नजिकै दुर्घटना भएको हो । दुर्घटनामा अन्य कयौं घाइते भएका छन् ।

लिकबाट रेलको डिब्बा उछिट्टिएर दुर्घटना भएको हो । रेलको १४ वटा डिब्बा लिकबाट बाहिर निस्किएको बताइएको छ । दुर्घटनाको मुख्य कारण भने अझै थाहा हुन सकेको छैन ।

 

दुर्घटनास्थलमा उद्धारकर्मी परिचालन गरिएको छ । उद्धारकर्मीले रेलको डिब्बाबाट ३० वटा शव निकालेका छन् । स्थानीय प्रशासनले ३० जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

उद्धार कार्य जारी रहेको र केही घाइतेको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । (एजेन्सी)