Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


नापी अमिन एक लाख घुससहित रंगेहात पक्राउ


0
Shares

बर्दिवास, मंसिर ६ । नापी कार्यालय महोत्तरी जलेश्वरका अमिन (खरदार) रु एक लाख घुस रकमसहित सोमबार थलोमा नै पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस लिएर कार्यालयबाट निस्कँदै गर्दा अमिन सन्तोषकुमार महासेठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास सम्पर्क कार्यालयले सोमबार साँझ पक्राउ गरेको हो ।

अंशबन्डा प्रयोजनका लागि जग्गा कित्ताकाट गराउन पुगेका जिल्लाकै बर्दिवास–३ का एक सेवाग्राहीसँग घुस रकम लिनासाथ अभियुक्त महासेठलाई पक्राउ गरिएको अदुअआ बर्दिवास सम्पर्क कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए ।

जिल्लाकै गौशाला–५ का स्थायी बासिन्दा महासेठबारे धेरै सेवाग्राहीबाट गुनासो सुनिएको थियो । रासस