Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


शेयर बजारमा सोमबार सामान्य सुधार


0
Shares

काठमाडौं, मंसिर ६ । पछिल्ला दिन उच्चदरले ओरालो लाग्दै रहेको शेयर बजारमा सोमबार सामान्य सुधार आयो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से ६ अंक बढीले सकारात्मक रहेर १६ सय ६ कायम भएर थामियो ।

कारोबार सुरु भएदेखि वियरिष ट्रेन्डमा रहेर २७ अंकले झरिसकेको नेप्से उतार–चढाव हुँदै अन्तिम समयमा सम्हालिन पुगेको हो ।

कारोबार भएकामध्ये बढीजसो समूह धनात्मक रहे । होटल, अन्य, वित्त, वाणिज्य बैंक र व्यापार समूह सकारात्मक रहे ।

होटल, अन्य र वित्त समूह दोहोरो अंकले उकालो लागे पनि अरु समूह सामान्य अंकले धनात्मक रहेका हुन् । विकास बैंक, बीमा र जलविद्युत् समूह भने ऋणात्मक रहे । कारोबार अघिल्ला दिनका तुलनामा कमै १ अर्ब तलै रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २७ कम्पनीको १३ लाख ८६ हजार कित्ता शेयर ९३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।