२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


ट्रम्पबारे यसो भन्छन् पुटिन


0
Shares

काठमाडौं, मंसिर ६ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पसँग आफ्नो शिखर वार्ताको विषयमा कुरा गर्नु अहिल्यै छिटो हुने बताएका छन् ।

पुटिनले चुनावी अभियानका क्रममा दिएको अभिव्यक्ति र असल नीतिमा फरक हुनेसमेत बताए ।

यसअघि ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भए रुससँगको सम्बन्ध सुधार गर्ने बताएका थिए ।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनको पुटिनसँग भेटवार्ता चाँडै हुने अनुमान गरिएको थियो ।

पुटिनले ट्रम्पसँगको टेलिफोन कुराकानीमा दुई मुलुकको सम्बन्ध सामान्य बनाउने इच्छा व्यक्त गरेका थिए ।

सिरियाको गृहयुद्धलाई लिएर अमेरिका र रुसबीचको सम्बन्ध तनाबपूर्ण छ । (एजेन्सी)