१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


काबुलस्थित मस्जिदमा आत्मघाती आक्रमण, २७ जनाको मृत्यु


0
Shares

काठमाडौं, मंसिर ६ । अफगानिस्तानको राजधानी काबुलस्थित शिया मुस्लिमको मस्जिदमा सोमबार गराइएको आत्मघाती आक्रमणमा परी कम्तिमा २७ जनाको मृत्यु भएको छ ।

बाक्युर उल ओलुम मस्जिदमा भएको घटनामा ३५ भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

धार्मिक समारोहमा जम्मा भएकाहरु माझ विस्फोट गराइएको थियो । आक्रमण कसले गरायो भन्ने खुल्न सकेको छैन ।

पछिल्लो समय अफगानिस्तानमा शिया समुदाय, सुन्नी मुस्लिम लडाकु समूह ‘आइएस’को साम्प्रदायिक आक्रमणको निशानामा पर्दै आएका छन् । (एजेन्सी)