
काठमाडौं । बेलायती संसदमा भएको एक मतदानमा सदनले प्रधानमन्त्री टेरिजा मे को प्रस्ताव फेरि विफल पारिदिएको छ ।
यूरोपेली संघबाट बेलायत बाहिरिने प्रक्रियालाई निकास दिने अपेक्षामा गराइएको मतदानमा मे को प्रस्ताव विफल भएको हो ।
मतदानमा सरकार २७ मतले पराजित भयो । सरकारको पक्षमा ३०२ मत पर्दा विपक्षमा ३२९ मत खस्यो ।
यसको अर्थ अब बेलायती सांसदहरू ब्रेक्जिटको विकल्पमा बहुमत खोज्नेगरी अगाडि बढ्नेछन् । कस्तो किसिमको ब्रेक्जिटलाई कस्तो समर्थन गर्ने भन्नेबारे संसदमा भोलि चरणबद्ध मतदान हुनेछ ।
प्रधानमन्त्री टेरिजा मेले सांसदहरूले गर्ने निर्णय आफूले मान्ने सुनिश्चित नभएको प्रतिक्रिया दिएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्