३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


चीनले फ्रान्सबाट तीन सय एअर बस किन्ने


0
Shares

काठमाडौं । चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ । चीन र फ्रान्सबीच ४० खर्ब रूपैयाँ बराबरको व्यापार सम्झौतामा एअर बस किन्ने सहमति गरिएको हो ।

फ्रान्स भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चीन फिङ र फ्रान्सेली राष्ट्रपति इमायुल म्याक्रोंबीचको भेटवार्ता पछि यो सम्झौता गरिएको हो ।

दुई देशबीच गरिएको व्यापार सम्झौतामा ३७ खर्ब ३६ अर्ब रूपैयाँमा चीनले फ्रान्सेली कम्पनी एयर बसका तीन सय वटा जहाज किन्ने उल्लेख छ ।

फ्रान्सेली राष्ट्रपति इमायुल म्याक्रोंको कार्यालयका अनुसार तीमध्ये ए ३२० सिरिजका न्यारोबडी जहाज २९० वटा र ए ३५० वाइड बडी जहाज १० वटा हुनेछन् ।

इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स जहाज दुर्घटनापछि बोइङका सो मोडलका सबै जहाज  ग्राउन्डेड गरेको चीनले फ्रान्सेली कम्पनीसँग नयाँ सम्झौता गरेको हो ।
अरु २ खर्ब ७४ अर्बका परियोजनामा भने विकासशील देशहरूमा उर्जाको किफायती खपतका क्षेत्रमा सहकार्य र १० वटा कन्टेनर निर्माणको सम्झौता छ ।