Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


अख्तियारमा मन गढन्ते उजुरी


0
Shares

काठमाडौं, चैत ११ । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित ६५ जनाविरुद्ध छानबिन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ माघ १५ गते विशेष अदालतमा मुद्दा दायर गर्दा चारजनामात्रै विपक्षी बनायो । बाँकी ६१ जनालाई उन्मुक्ति दिइयो ।

तथ्यांक विश्लेषण गर्दा परेका कुल उजुरीमध्ये विस्तृत छानबिनपछि ६ प्रतिशतमा मात्रै अदालतमा मुद्दा दायर गरेको देखिन्छ । अनुसन्धानको दायरामा राखिएका व्यक्तिमध्ये करिब ९४ प्रतिशतले कसुरबाट उन्मुक्ति पाउनुले अख्तियारमा अस्वाभाविक उजुरीको चाङ कस्तो छ भन्ने देखाउँछ ।

आर्थिक वर्ष २०७४/७५ मा अख्तियारमा १९ हजार ४८८ उजुरी दर्ता भएकोमा ५४६ उजुरीमात्रै विस्तृत अनुसन्धानमा पठाइएको छ । –नागरिक दैनिकबाट

 

Skip This