
बुटवल, मंसिर १७ । सिमांकनको विरोधमा रुपन्देहीमा शुक्रबार पनि बिहानैदेखि प्रदर्शन भइरहेको छ ।
विभिन्न सामाजिक संस्था, नागरिक समाज, उद्योग बाणिज्य संघ, उद्योग संघ, व्यापार संघ, मजदुर व्यवसायी भलाई कोषलगायत दुई दर्जनभन्दा बढी संघ संस्थाले प्रदर्शन गरिरहेका छन् । पूर्व पश्चिम राजमार्ग, सिद्धार्थ राजमार्गमा बिहानैदेखि सवारी साधन ठप्प छन् ।
संविधान संशोधन विधेयकविरुद्ध बुटवलमा वृहत प्रदर्शन गर्ने तयारी दलहरुले गरेका छन् । प्रदर्शनलाई एमाले उपाध्यक्ष बामदेव गौतमलगायत नेताले सम्बोधन गर्ने छन् ।
भेलामा यस प्रदेशका १२ वटै जिल्लाका विभिन्न दलका कार्यकर्ताहरु, सामाजिक संघ÷संस्थाका प्रतिनिधि सामेल हुने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्