रसुवा, मंसिर १७ । रसुवाको हाकुबाट बिस्थापित भएर लहरेपौवा गाविसस्थित नौबिसेमा बस्दै आएका भूकम्पपीडित स्थानीयको बिचल्ली भएको छ ।
भूकम्प गएको १९ महिनादेखि बस्दै आएका बिस्थापितलाई जग्गाधनीले आफ्नो ठाउँ छाड्न भनेपछि उनीहरुको बिचल्ली भएको हो । हाकु गाउँ विकास समिति ८ तिरु र गोगनेका १ सय ३१ घरका स्थानीयले प्रतिरोपनी २ हजार ७ सय सय रुपयाँमा मासिक भाडा तिरेर शिविरमा बस्दै आएका थिए ।
भूकम्प गएको लामो समय बित्दा पनि विस्थापितका लागि सरकारले कार्यविधि नल्याउँदा उनीहरु अब कहाँ जाने भन्ने अन्यौलमा परेका हुन् ।
जग्गाधनीले आफ्नो जग्गाबाट टहरा हटाउन भनेपछि उनीहरुलाई झन् आपत भएको छ । भूकम्पका कारण आफ्नो थातथलो छोडेर अन्यत्र बस्न बाध्य उनीहरु अब कहाँ बस्ने भन्ने चिन्तामा छन् ।
सरकारले स्पष्ट कार्यविधि नल्याउँदा विस्थापितको वस्ती कहाँ स्थान्तरण गर्ने भन्ने अझै टुंगो लागेको छैन । सरकारी जग्गामा विस्थापितले टहरा बनाई बस्न थालेपछि भूकम्पपीडितलाई अस्थायी आबासका लागी तयारी भईरहेकाले सरकारी जग्गामा आफुखुसी टहरा नबनाउन जिल्ला दैवी प्रकोप उद्धार समितिले आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्