Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


सरकार पुरक बजेट ल्याउने तयारीमा : प्रधानमन्त्री दाहाल


0
Shares

काठमाडौं, मंसिर १७ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले पुरक बजेट ल्याउने तयारी गरिरहेको बताएका छन् ।

शुक्रबार राजधानीमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ३९ औं प्राज्ञ सभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले पुरक बजेट मार्फत मुलुकको बिकासलाई गति दिने बताएका हुन् ।

राज्यले विज्ञान प्रविधिमा यथेष्ट लगानी गर्न सकेमात्र विकासको गति अगाडि बढ्ने भन्दै प्रधानमन्त्री दाहालले पुरक बजेटमार्फत सबै लक्ष्य हासिल गर्न प्रयास गरिने बताए ।

नेपालमा विज्ञान र प्रविधिलाई कम महत्व दिने गरिएकाले विकासमा कठिनाई भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलाई आफ्नो कार्यक्षमता र जिम्मेवारीबोध गर्न पनि सुझाव दिए ।

उपकुलपति प्राध्यापक डा.जीवराज पोखरेलले नास्टको अवस्था र आगामी योजनाबारे अवगत गराएका थिए ।

३९ औं प्रज्ञा सभाले सातवटै प्रदेशमा कार्यालय स्थापना गर्ने र विज्ञान प्रविधिको अध्ययन, अनुसन्धान र प्रचारको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने संस्था तथा व्यक्तिलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।