Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नुपर्छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, असार २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नुपर्ने बताएका छन् ।

प्रदेश नम्बर–२ का सांसदहरुसँग शनिबार बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले समृद्धिको बाटोमा अघि बढ्नका लागि आर्थिक आधार तयार गर्नुपर्ने बताए ।

प्रदेश नम्बर–२ का नेकपाका सांसदहरुले त्यहाँको विकास, समृद्धि, शिक्षा, स्वास्थ्य, सामाजिक सुधार आदिजस्ता क्षेत्रमा उठाएका समस्याकाबारेमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले प्रदेश नम्बर–२ को स्वरुप फेर्न त्यहाँका सांसद नै लाग्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले महिला हिंसा भएका ठाउँमा जनप्रतिनिधिले मिलापत्र गराउन खोज्नु बेठीक भएको बताएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

‘यस किसिमका हिंसा मिलापत्रमा टुंगिदैनन् । यस्तो मुद्दामा मिलापत्र गराउन खोज्नेलाई पनि कारबाही हुन्छ’–प्रधानमन्त्री ओलीले भने । रासस