Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


राष्ट्रपति भण्डारी र सभामुख घर्तीबीच भेटवार्ता, संसद अवरोधबारे छलफल


13
Shares

काठमाडौं, मंसिर १७ । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार भएको भेटवार्तामा सभामुख घर्तीले व्यवस्थापिका–संसदमा भइरहेको पछिल्लो गतिविधि र यही मंसिर ५ गतेदेखि ११ गतेसम्म आफूले गरेको रसिया भ्रमणबारे जानकारी गराएकी थिइन् ।

सभामुख घर्तीले पछिल्लो अवस्थामा राजनीतिक दलहरुबीच संसदमा देखिएको बेमेलको अवस्था अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायत नेताहरुसँग आफूले छुट्टाछुट्टै छलफल गरेको जानकारी गराएको उनका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

छलफलका क्रममा दलका नेताहरुले सहमतिका साथ अघि बढ्न प्रतिबद्ध रहेको बताएको र आवश्यक परेमा सहमतिको वातावरण बनाउन आफू सदैव तयार रहेको जानकारी सभामुख घर्तीले राष्ट्रपतिलाई गराइन् ।

राष्ट्रपति भण्डारीले दलहरुबीचको असहमति हटाएर दलीय सहमति जुटाउन संयोजनकारी भूमिका खेल्दै संसद्का गतिविधि अघि बढाउन सभामुख घर्तीलाई आग्रह गरेकी थिइन् । (रासस)

Skip This