जनकपुर, मंसिर १८ । भगवान श्रीराम र माता सीताको वैवाहिक कार्यक्रमअन्तर्गत आज(शनिबार) जनकपुरमा मटकोर कार्यक्रम गरिँदै छ ।
मटकोरमा जानकी मन्दिरबाट बाजागाजाका साथ स्थानीय महिलाले जनकपुरको ऐतिहासिक गंगासागरमा पुगी बिहेको मडवा बनाउन माटो ल्याउने गर्दछन् ।
जनकपुरमा सताव्यापी विवाहपञ्चमी महोत्सव मनाइने क्रममा पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र पाँचौ दिन मटकोर कार्यक्रम गरिएको हो ।
आइतबार विवाहोत्सव र सोमबार रामकलेवा हुनेछ । यता विवाह पञ्चमीमा सहभागी हुन नेपाल–भारतका विभिन्न स्थानबाट श्रद्धालु जनकपुर पुग्ने क्रम जारी छ । मटकोर कार्यक्रमको अवसरमा आज साँझ बिशेष महगंगा आरती गरिँदै छ ।










प्रतिक्रिया दिनुहोस्