
गुल्मी, मंसिर १८ । प्रदेश टुक्र्याउन लागेकोविरुद्धमा भएको अनिश्चितकालीन गुल्मी बन्दको चौंथो दिन शनिबार आन्दोलकारीले एउटा मोटरसाइकल तोडफोड गरेका छन् ।
बन्दको अवज्ञा गरी सवारी–साधन सन्चालन गरेको भन्दै आन्दोलनकारीले सदरमुकाम तम्घासस्थित क्याम्पस रोडमा लु९प ४३३३ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन् भने पाँचओटा नियन्त्रणमा लिएका छन् ।
५ नम्बर प्रदेश टुक्र्याउने गरी सरकाले संसदमा पेस गरेको संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने माग राखी गुल्मी बन्दको घोषणासहित आन्दोलनमा उत्रिएका जिल्लास्थित सम्पूर्ण राजनीतिक दल, संघ–सस्था, नागरिक समाज, उद्योगी तथा व्यापारी, विद्यार्थी संघ–संगठनले शनिबार पनि जिल्लामा विरोध प्रदर्शन गरिरहेका छन् ।
संयुक्त आन्दोलन संघर्ष समितिले आयोजना गरेको अनिश्चितकालीन गुल्मी बन्दका कारण जिल्लाका सम्पूर्ण बजार तथा सवारी–साधन ठप्प भएका छन् ।
यातायातका सवारी–साधन ठप्प भएपछि सेवाग्राही र अन्य सर्वसाधारणलाई सदरमुकाम तम्घास आवत–जावत गर्न निकै समस्या परेको छ । रासस
प्रतिक्रिया दिनुहोस्