काठमाडौं, मंसिर २२ । बुधबार पनि सुनको मूल्य ओरालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले सस्तिएर तोलाको ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य मंगलबार पनि तोलामा १ सय रुपैयाँले झरेर तोलाको ५३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ सस्तिएर तोलाको ७ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस ११ सय ७३ डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्