Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


अन्य सूचीकृत संस्थाहरुको शेयर निष्कासनका लागि मापदन्ड तय


0
Shares

काठमाडौं, मंसिर २२ । बैंकिङ, वित्तीय वा बीमासम्बन्धी व्यवसाय गर्ने संगठित संस्थाबाहेकका अन्य संगठित संस्थाहरुको हकप्रद निस्कासन तथा थप सार्वजनिक निष्कासनका लागि धितोपत्र बोर्डले मापदन्ड तय गरेको छ ।

बोर्डले यस्ता संस्थाहरुका लागि हकप्रद शेयर वा ‘फर्दर पब्लिक इस्यु’ सम्बन्धमा साथै उक्त निष्कासनबाट प्राप्त हुने कुल रकमको उपयोग सम्बन्धमा स्पस्ट वित्तीय योजना तथा रणनीतिहरु साधारणसभाबाट पारित गराएको हुनुपर्ने व्यवस्था गरेको छ ।

यस्तै, हकप्रद निष्कासन अनुपातको औचित्य पुष्टि गर्ने आधारहरु प्रस्ट हुनुपर्ने, प्राथमिक निष्कासन गरेको कम्तिमा दुई वर्ष पूरा भएको हुनुपर्ने, नियमानुसार क्रेडिट रेटिङ गरेको हुनुपर्ने, जारी पुँजी शतप्रतिशत चुक्ता भैसकेको हुनुपर्नेलगायतका विभिन्न शर्तहरु लागू गरेको छ ।

उपर्युक्त नीतिगत व्यवस्थाबाट यससम्बन्धी लगानी व्यवस्थित हुने र त्यस्ता संस्थाहरुप्रति लगानीकर्ताहरुको विश्वास अभिबृद्धि भइ समग्र पँुजीबजारको समयानुकुल विकास तथा विस्तार हुनजाने बोर्डको अपेक्षा रहको छ ।