
डडेल्धुरा, मंसिर २९ । डडेल्धुरामा व्यवसायिक खेती सुरु गरेको किवी फलले उत्पादन दिन थालेको छ । फल पाक्न थालेपछि किसान हर्षित भएका छन् ।
चार वर्षअघि जिल्ला कृषि विकास कार्यालयको पहलमा व्यवसायिक खेती गर्न कृषकलाई एक सयदेखि दुई सय वटा बिरुवा बितरण गरि सुदूरपश्चिममै पहिलो पटक किवि खेती सुरु गरिएको थियो ।
गत बर्ष पुसमा रोपेको किवीको फल मंसिर अन्त्यमा पाकेपछि कृषक उत्साहित बनेका हुन । किवी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका लागि महत्वपूर्ण औषधिको रुपमा लिइन्छ ।
सुदूरपश्चिमका लागि नौलो नगदे वाली मानिएको यसको पहिलो चरणमा प्रचारप्रसारकै लागि जिल्लाभर जम्मा आठ सय किवी बिरुवा रोपिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्