
काठमाडौं, मंसिर २९ । चीनको छिङ्ताउ म्युनिसिपल तथा नेपाल–चीन उद्योग वाणिज्य संघबीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
चीनको क्विन्दाओ म्युनिसिपल पिपल्स कंग्रेसका उपाध्यक्ष मदाम ऊ सुलिङको नेतृत्वमा नेपाल भ्रमणमा आएका १० सदस्यीय प्रतिनिधिमन्डल तथा संघबीच दुई देशबीच आर्थिक, व्यापारिक तथा लगानी विस्तार गर्ने उद्देश्यका साथ राजधानीमा भएको अन्तरक्रियाका अवसरमा उक्त समझदारी भएको हो ।
कार्यक्रममा संघका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले यस भ्रमण तथा समझदारीबाट छिङ्ताउ र नेपालबीचको सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गरे ।
प्रतिनिधिमन्डलकी प्रमुख ऊ सुलिङले दुई संस्थाबीच भएको समझदारीपत्रले आफूहरुमाथि थप जिम्मेवारी थपिएको र आगामी दिनहरुमा आपसी सहयोग गरी अगाडि बढ्ने धारणा व्यक्त गरिन् ।
प्रतिक्रिया दिनुहोस्