Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


आइएलओका महानिर्देशक राइडर र महासंघ पदाधिकारीबीच छलफल


0
Shares

काठमाडौं, मंसिर २९ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका तथा महासंघका पदाधिकारीहरु र नेपाल भ्रमणमा आएका अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक गाई राइडरबीच बुधबार काठमाडौंमा छलफल भएको छ ।

आइएलओका नेपाल निर्देशक रिचार्ड हवार्ड, आइएलओ मुख्यालयका उच्च अधिकारीहरु सहभागी रहेको सो भेटवार्तामा नेपालको आर्थिक–सामाजिक वस्तुस्थिति, औद्योगिक विकास, रोजगारी, आर्थिकबृद्धि, औद्योगिक श्रम सम्बन्ध, सामाजिक सुरक्षा तथा श्रम ऐन, आइएलओको सहयोगमा सन्चालित कार्यक्रमकाबारे विस्तृत् छलफल भएको महासंघले जनाएको छ ।

सो अवसरमा महानिर्देशक राइडरले नेपालको सामाजिक आर्थिक विकासमा आइएलओको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएको महासंघले जनाएको छ ।

Skip This