Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


‘राजनीतिक–सामाजिक परिवर्तन, आर्थिक विकासमा श्रमिकहरुको विशेष योगदान’


0
Shares

काठमाडौं, मंसिर २९ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको राजनीतिक र सामाजिक परिवर्तन एवं आर्थिक विकासमा श्रमिकहरुको विशेष योगदान रहेको बताएका छन् ।

नेपाल र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)बीच सहकार्य भएको ५० वर्ष पूरा भएको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालमा वर्षेनि ५ लाख कामदार श्रम बजारमा प्रवेश गर्ने उल्लेख गर्दै उनीहरुका लागि रोजगारीको अवसर सिर्जना गर्न सीपमूलक तालिमका साथै स्तरीय शिक्षा, पूर्वाधारमा लगानी तथा उद्योग एवं कृषिको विकास आवश्यक रहेको बताए ।

कार्यक्रममा आइएलओका महानिर्देशक गाई राइडरले नेपालको श्रम बजार सुरक्षित बनाइराख्न संगठनले निरन्तर कार्य गरिरहने बताए ।

उनले बलपूर्वक गराइने श्रम, बँधुवा श्रम एवं बालश्रम रोक्न संगठन विशेष किसिमले लागिरहेको उल्लेख गरे ।

सो अवसरमा नेपाल सरकार, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र एवं नेपाल उद्योग वणिज्य महासंघले नेपालमा सभ्य काम, समावेशी विकास एवं सम्पूर्ण नेपालीका लागि समानता प्रदान गर्ने दिशामा अघि बढ्ने प्रतिबद्धतापत्रमा संयुक्तरुपमा हस्ताक्षर गरेका थिए ।