
काठमाडौं, मंसिर ३० । काठमाडौंमा आजबाट उर्जा सम्मेलन सुरु भएको छ । उर्जा मन्त्रालय र उर्जा उत्पादकको संस्था (इपान) को आयोजनामा भएको सम्मेलनमा विदेशी एवं स्वदेशी लगानी कर्ताहरुको सहभागीता छ ।
दुई दिन सम्म चल्ने सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले दश वर्षमा दश हजार मेगावाट विद्युत उत्पान गर्ने सरकारको लक्ष्यलाई सहयोग पुर्याउन उर्जा सम्मेलनले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले नेपालको आर्थिक समृद्धिका लागि उर्जाको विकास अपरिहार्य रहेको.वताए । प्रधानमन्त्री दाहालले जलविद्युत आयोजनामा लगानीको वातावरण वनाई मुलुकलाई उर्जा संकटवाट मुक्त गर्न सरकार प्रयत्नशील रहेको पनि बताए ।
कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले दश वर्षमा दश हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पुरा गर्न सकिने अवस्था रहेको बताए ।
उनले देश विकासका लागि अधिकतम् विद्युत नेपालमै खपत गर्ने सरकारी योजना रहेको पनि बताए ।
हामीसँग कुरा गर्दै विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले लगानीकर्ता र सरकारको संयुक्त पहलवाट उर्जा उत्पादनमा वृद्धि गर्न सकिने बताए ।
सम्मेलनमा नेपाल, भारत, चीन, नर्वे, युएस, जापानका लगानीकर्ताहरु, परामर्शदाता, स्वदेशी तथा विदेशी बैंक तथा वित्तिय संस्था, विमा कम्पनी, विदेशी कुटनीतिक नियोगहरु, नेपाल सरकारका सम्बन्धित मन्त्रालयका प्रतिनिधि लगायत करिब पाँच सयको सहभागिता छ ।
प्रतिक्रिया दिनुहोस्