
काठमाडौं, मंसिर ३० । विहीबार पनि सुनको मूल्य ओरालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले कमी आएर तोलाको ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बुधबार तोलामा १ सय रुपैयाँले घटेर तोलाको ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
विहीबार चाँदीको मूल्य भने तोलाको ७ सय ९० रुपैयाँमै स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रतिऔंस ११ सय ४० डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्