
पोखरा, पुस १ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद अवरोध गरेर मुलुकको समस्या समाधान नहुने भन्दै एमालेले संसदको अवरोध खोल्नुपर्ने बताएका छन् ।
शुक्रबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले संसदको गतिरोध अन्त्य नगरी निर्वाचनमा जान नसकिने बताए ।
सोही अवसरमा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले अन्य मुलुकमाझैं अंगीकृत नागरिकता लिएका व्यक्तिलाई केही वर्षको अन्तरालपछिमात्रै नागरिकता दिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्