३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


सुवारेजले गरे २०२१ सम्म बार्सिलोनामै रहने सम्झौता


0
Shares

काठमाडौं, पुस २ । बार्सिलोनाका स्ट्राइकर लुइस सुवारेज क्लबसँग नयाँ सम्झौता गरेका छन् । सम्झौताअनुसार सुवारेज अब २०२१ सम्म क्याटलन क्लबै रहने पक्का भएको छ ।

जसबापत उनले सातामा २ लाख ३० हजार पाउण्ड पाउने छन् । उरुग्वेका सुवारेज २०१४ मा लिभरपुलबाट बार्सिलोना गएका हुन् ।

क्लबमा आवद्ध भएपछि उनले ९७ गोल गरेका छन् भने ४८ गोलका लागि पास दिएका छन् । नयाँ सम्झौता क्लब र आफू दुबैले चाहेको निर्णय भएको भन्दै सुवारेज म जहाँ चाहन्थेँ, त्यहाँ हुँदा निकै खुशी महसुस भएको प्रतिक्रिया दिएका छन् ।

बार्सिलोनाले अर्का स्ट्राइकर नेइमारसँग नयाँ सम्झौता गरिसकेको छ भने लिओनल मेस्सीसँग सम्झौताका लागि कुरा भइरहेको जनाएको छ ।