३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


भारतविरुद्ध इंग्ल्यान्डले बनायो ४७७ रन


0
Shares

काठमाडौं, पुस २ । भारत र इंग्ल्यान्डबीचको पाँचौं तथा अन्तिम टेस्ट क्रिकेटमा ब्याट्सम्यान हावी भएका छन् ।

चेन्नईमा जारी खेलमा इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै ४७७ रन बनायो । मोइन अलीले १४६ तथा जो रुट, लियाम डसन र अदिल रसिदले अर्धशतक पूरा गरे ।

जवाफमा मैदानमा उत्रिएको भारतका पनि ब्याट्सम्यान हावी भएका छन् ।

भारतले दोस्रो दिनको शनिबार समाप्तिसम्म बिनाकुनै विकेटको क्षतिमा ६० रन बनाएको छ ।

भारतका लोकेश राहुलले ३० तथा पार्थिव पटेलले २९ रन जोडेका छन् । भारत अझै चार सय १७ रनले पछाडि रहेको छ ।

यसअघि भएका तीन खेल जितेर भारतले शृंखलामाथि कब्जा जमाइसकेको छ । एक खेल भने बराबरीमा सकिएको थियो ।