२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘साना व्यापारीलाई पनि राज्यले हेरोस्’


0
Shares

काठमाडौं, पुस २ । साना व्यापारीको पनि समस्या सुनिदिन व्यवसायीहरुले सरकारले ध्यानाकर्षण गराएका छन् ।

काठमाडौं निम्न व्यापारी संघको शनिबार राजधानीमा भएको कार्यक्रममा उनीहरुले निम्न व्यापारीको समस्या समाधानमा पनि ध्यान दिन आग्रह गरेका हुन् ।

राजनीतिक परिवर्तनमा निम्न व्यापारीहरुको योेगदान उल्लेख्य रहेको भन्दै उनीहरुले सहजरुपमा व्यापार गर्ने वातावरण बनाइदिन आग्रह गरेका हुन् ।

कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले सबै व्यवसायीहरुको समस्या समाधानमा सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए ।