१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


मध्यपश्चिमाञ्चल रुकुम महोत्सव फागुन १२ देखि


0
Shares

रुकुम, पुस ३ । रुकुममा पहिलोपटक मध्यपश्चिमाञ्चल रुकुम महोत्सव हुने भएको छ ।

आइतबार रुकुमको सदरमुकाम मुसिकोटमा पत्रकार सम्मेलन गरी आगामी फागुन १२ देखि २१ गतेसम्म महोत्सव गरिने जानकारी दिइयो ।

महोत्सवले मध्यपश्चिम क्षेत्रका औद्योगिक, पर्यटन, कृषिजन्य, ऊर्जा, सांस्कृतिक, धार्मिक तथा आन्तरिक उत्पादनहरुको निर्यातमा बृद्धि गर्न मद्दत पुग्ने अपेक्षा आयोजकको छ ।

महोत्सवमा हेलिकोप्टरबाट सिस्नेहिमाल, कमलताल, स्यार्पुताल, डिग्रे मन्दिरलगायत प्रसिद्ध हिमशृंखलाहरुको दृश्यावलोकन, पाराग्लाइडिङबाट सानोभेरीको अवलोकन, सानोभेरीबाट सुर्खेतसम्मको र्‍याफ्टिङ मुख्य आकर्षणकोरुपमा राखिने बताइएको छ ।