२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सरकारले प्रतिपक्षलाई मिलाएर जान सकेन : प्रधान


0
Shares

काठमाडौं, असार २३ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ का प्रतिनिधिसभाका सांसद भीमसेनदास प्रधानले सरकारले प्रतिपक्षलाई मिलाएर जान नसकेको बताएका छन् ।

शनिबार क्षेत्र नम्बर–६, तार्केश्वर नगरपालिका–९ का जनतासँग भेटघाट गर्दै पूर्वरक्षामन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता प्रधानले अहिलेको सरकार मिलेरभन्दा दमन गरेर अघि बढिरहेको आरोप लगाए ।

उनले भने–‘सरकारले सबैलाई मिलाएर लैजानुपर्छ । पूर्वाग्रही बनेर गए त्यसले द्वन्द्व निम्त्याउँछ । त्यसैले मिलेर अघि बढौं ।’

उनले लोकतन्त्र बलियो बनाएमात्र सरकार बलियो हुने भएकाले व्यक्तिगत स्वार्थमा त्यो सम्भव नहुने भन्दै गंगामाया अधिकारी र डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकारलाई आग्रह गरे । रासस