२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रधानमन्त्री दाहाल र चिनियाँ नेता लिउ छिपाओबीच भेटवार्ता


0
Shares

बालुवाटारमा करीब एक घण्टा भएको भेटवार्तामा नेपालको वर्तमान परिस्थिति, संविधान संशोधनको विषयका साथै नेपाल–चीन द्विपक्षिय हितका विषयमा छलफल भएको बताइएको छ ।

भेटमा चिनियाँ मन्त्रीले नेपाल र चीन जोड्ने उत्तरी नाकाबारे चीन अत्यन्तै सकारात्मक भएको भन्दै समझदारी अनुसार काम अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

साथै भेटमा नेपाल र चीनबीच सामाजिक आर्थिक र सांस्कृतिक सम्बन्ध विस्तारबारे पनि कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. ऋषिराज अधिकारीले बताए ।

उनले भेटमा प्रधानमन्त्रीले नेपाल चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको भन्दै त्यसको जानकारी चिनियाँ राष्ट्रपतिलाई दिन लिऊलाई आग्रह गरेको पनि बताइएको छ ।