
प्रवासी मजदूर नीति तथा कोटा निर्धारण समितिले रोजगार अनुमति प्रणाली (ईपिएस) लागू गरिएका १६ मुलुकबाट ५६ हजार कामदार भित्र्याउने निर्णय गरेको हो ।
यो संख्या नयाँ र पुनः प्रवेश गर्ने दुबै कामदार रहनेछन् । तीमध्ये दुई हजार कामदार कम्पनीले मागेमात्रै आपूर्ति गरिनेछ । ४१ हजार ६ सय ६८ जना अवधि सकिएर फिर्ता हुनेको ठाउँमा पूर्ति गरिनेछ ।
समितिले १० हजार अवैधानिक कामदार फिर्ता हुने अनुमान गरेको छ । उक्त संख्या पुरा गर्न सोही बराबर कामदार भित्र्याउने निर्णय कोरियाले गरेको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्