काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी चयन भएका छन् ।
प्रत्येक दुई महिनामा संयोजक फेरिने प्रावधानअनुसार यसपटक भण्डारी संयोजक बनेका हुन् ।
राजपा अध्यक्ष मण्डलको यही गत फागुन २९,३० र चैत १ गते बसेको बैठकले भण्डारीलाई चैत ६ देखि संयोजक बनाउने निर्णय गरेबमोजिम नेतृत्व दिइएको राजपाका महासचिव केशव झाले जानकारी दिए ।
राजपामा अध्यक्ष मण्डलका ६ जना सदस्य पालैपालो संयोजक बन्ने गरेका छन् ।
पार्टीका महाधिवेशनले नेतृत्व चयन गर्नेछ । आगामी वैशाख ७, ८ र ९ गते पार्टी एकताको महाधिवेशन हुँदैछ ।









प्रतिक्रिया दिनुहोस्