२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


विज्ञहरुको सुझाव– ‘संविधान संशोधन होइन, पहिले निर्वाचन गरौं’


0
Shares

निर्वाचन मिति घोषणा या संसद् सचिवालयमा दर्ता भएको संशोधन विधेयकमध्ये कसलाई प्राथमिकता दिँदा राजनीतिक गतिरोध अन्त्य हुन्छ भन्ने अन्योल भइरहेका बेला निर्वाचन नै देश र जनताका लागि आवश्यक रहेको विश्लेषकहरुको बुझाइ छ ।

‘काठमाडौं स्कुल अफ ल’ का डिन विपीन अधिकारी अहिलेको गतिरोध फुकाउने उपयुक्त बाटो चुनाव मात्र रहेको ठान्छन् ।

पूर्वमन्त्री तथा राजनीतिक विश्लेषक नीलाम्बर आचार्य पनि संविधान संशोधनका लागि समय खर्च नगरी निर्वाचनमा जानु उपयुक्त हुने बताउँछन् ।

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल यतिखेर निर्वाचन या संविधान संशोधन प्रस्तावमध्ये कुनलाई प्राथमिकता दिने भन्ने विवाद गर्नुभन्दा जेमा सहमति जुट्छ, त्यही गर्नुपर्ने बताउँछन् ।

मधेस मामलाका जानकार तथा राजनीतिक विश्लेषक तुलानारायण साह अहिलेको गतिरोध अन्त्य गर्न छुट्टाछुट्टै एजेण्डामा नलागी प्याकेजमै सहमति जुटाउनुपर्ने ठान्छन् । –नागरिक दैनिकबाट