२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


संशोधन प्रस्तावका केही बुँदा राष्ट्रहितविपरीत : कमल थापा


0
Shares

बुधबार भक्तपुरमा राप्रपाको मध्यमाञ्चलस्तरीय कार्यकर्ता भेलामा बोल्दै थापाले संशोधन प्रस्तावका केही बुँदा राष्ट्रहितविपरीत रहेको जिकिर गरे ।

मधेसी मोर्चाका सबै माग देशहितको पक्षमा नरहेको भन्दै उनले मोर्चाका मागहरु सम्बन्धमा दलहरुबीच सहमति हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले संविधान संशोधन प्रस्तावबारे राप्रपासँग छलफल नभएकाले औचित्यका आधारमा समर्थन र विरोध गर्ने बताए ।