
नेपालको पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको परिसंघले जनाएको छ ।
परिसंघले बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष हरिभक्त शर्माले गएको ५० वर्षमा पूर्वाधारका क्षेत्रमा हुनुपर्ने विकासको काम १० प्रतिशत पनि नभएको भन्दै निजी क्षेत्रको अग्रसरतामा सम्मेलन गर्न लागिएको बताए ।
उनले लगानी बोर्डसँगको सहकार्यमा ५० ओटा सम्भावित परियोजना छानेर लगानीका लागि आह्वान पनि गरिने बताए ।
‘असल पूर्वाधार संमृद्धिको आधार’ नारा तय गरिएको पूर्वाधार सम्मेलनमा स्वदेशी एवं विदेशी ५ सय लगानीकर्ता, सरोकारवापक्षको सहभागिता रहने परिसंघले जनाएको छ ।
भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभु विशेष वक्ताकोरुपमा सम्मेलनमा आउने परिसंघले जनाएको छ ।
सम्मेलन नेपालमा पूर्वाधारको परिदृश्य, लगानीका अवरोध एवं आकर्षण, सार्वजनिक–निजी साझेदारीलगायतका विषयमा केन्द्रित हुने परिसंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्