१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


कुटनीतिज्ञको राजनीतिक बैठकबारे सरकार असन्तुष्ट


0
Shares

सरकारले आन्तरिक राजनीतिक परिस्थितिबारे कुटनीतिक समुदायले गरेको हालैको एक बैठकबारे राष्ट्रसंघीय प्रतिनिधिसँग अनौपचारिक ढंगले जानकारी मागेको हो । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले हालै राष्ट्रसंघीय प्रतिनिधिसँग कुटनीतिक समुदायको उक्त बैठकबारे सोधपुछ गरेका थिए ।

डिसेम्सर ८ मा राष्ट्रसंघीय आवासीय प्रतिनिधि भ्यालेरी जुलियाण्डले नेपालस्थित अमेरिका, बेलायत, युरोपेली युनियन, चीन, जापान डेनमार्क र जर्मनीसहितका मुलुकका राजदूत तथा कुटनीतिक प्रतिनिधिसहितको बैठक डाकेकी थिइन् । कुटनीतिक समुदायको बैठकमा सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकसँगै स्थानीय चुनावका विषयमा छलफल गरिएको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट