२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


‘अन्धकार युग’ आउन नदिन कुलमान भारततिर


0
Shares

केही समययता लोडसेडिङमुक्त राजधानीको यो चिन्ता दुर गर्न र आगामी दिन पूरै देश उज्यालो राख्न उर्जा मन्त्रालय र मातहत विद्युत प्राधिकरण सक्रिय छन् ।

यही क्रममा भारतबाट थप बिजुली किन्ने प्रक्रिया अघि बढाइएको छ । त्यसका लागि उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली विद्युत माग्न दिल्ली पुगेको छ ।

भारतबाट थप ८० मेगावाट बिजुली ल्याउन सकिए लोडसेडिङको सामना गर्नु नपर्ने भन्दै उनीहरु मंगलबार दिल्ली उडेका हुन् ।

थप विद्युत ल्याउनेबारे नेपाल र भारतबीच प्रारम्भिक सहमति भएकाले अन्तिम टुङ्गो लगाउन उर्जा टोली भारत गएको हो । –नागरिक दैनिकबाट