२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


चन्द माओवादीले आह्वान गरेको बन्दको प्रभाव न्यून, ११ बन्दकर्ता पक्राउ


0
Shares

काठमाडौं उपत्यकामा बिहानैदेखि गाडीको आवतजावत सामान्य छ । केही निजी विद्यालय बन्द भए पनि अधिकांश विद्यालय खुला रहेका छन् ।

उद्योग, कलकारखाना पनि सामान्य अवस्थामै सञ्चालनमा रहेका छन् । प्रहरीले ढुक्क भएर गाडी चलाउन यातायात व्यवसायी र सवारी चालकलाई अनुरोध गरेको छ ।

यसैबीच बन्द गराउन हिँडेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । बागबजारबाट ५ जना, बबरमहलबाट ३ तथा नयाँ बजार क्षेत्रबाट ३ जना बन्दकर्ता पक्राउ परेको महानगरीय प्रहरी परिसरले जनाएको छ । बन्द घोषणापछि राजधानीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

पेट्रोलियम पदार्थमा भएको मुल्यबुद्धिको विरोधमा चन्द नेतत्वको माओवादीका जनवर्गीय संगठनले आज उपत्यका बन्दको घोषणा गरेका हुन् ।