Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


मुद्दा बिसाएसँगै घट्न थाल्यो सिके राउतको क्रेज


0
Shares

लहान । मधेसमा सिके राउतको परिचय अडिग राजनीतिक अभियन्ताको थियो ।

छोटो अवधीमा मधेसी समाजमा हिरो बनेका राउतले राज्यको मात्र नभइ अन्तर्राष्ट्रिय केन्द्रसमेतको ध्यान आफूतिर खिच्न सफल भए ।

‘स्वतन्त्र मधेस गठबन्धन’ नामक संगठनबाट स्वतन्त्र मधेसको अभियान सुरु गरेका उनी सोमबारबाट ‘जनमत पार्टी’ का अध्यक्ष बनेका छन् । यससँगै सिकेको क्रेज पनि घट्दै गएको छ ।

झन्डै सात बर्षदेखि(०६९ देखि) मधेसको राजनीतिलाई बेग्लै धारमा ‘स्वतन्त्र मधेस’ तरंगित गर्दै आएका राउतले सोमबार लहानबाट जनमत पार्टी घोषणा गर्दै स्वतन्त्र मधेसको धार फेरेका हुन ।

आइतबारदेखि सोमबारसम्म लहानमा चलेको स्वतन्त्र मधेस गठन्धनको राष्ट्रिय परिषद भेलाबाट सिकेको अध्यक्षतामा जनमत पार्टी घोषणा भएको हो । -नागरिक दैनिकबाट