
काठमाडौं, चैत ५ । मंगलबारदेखि काठमाडौंमा संस्कृत सम्मेलन सुरु भएको छ ।
नेपाल–भारत सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको जनाइएको छ ।
सम्मेलन उद्घाटनकाक्रममा भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाल र भारतको सम्बन्ध विकसित हुनुमा संस्कृत भाषाको प्रत्यक्ष/अप्रत्यक्ष भूमिका रहेको बताए ।
शताब्दीपुरुष सत्यमोहन जोशीले दुई मुलुकको सम्बन्धलाई जीवन्तता प्रदान गर्न संस्कृत भाषालाई पनि जोगाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा परराष्ट्रविद् डा. जयराज आचार्यले नेपाल–भारतको सम्बन्धलाई योग र आयुर्वेदको माध्यमबाट पनि अझ राम्रो बनाउन सकिने बताए ।
सम्मेलन तीन दिनसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्