Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


अधिकांश दुर्घटना खराब सडकका कारण : मन्त्री महासेठ


0
Shares

काठमाडौं, चैत ५ । सरकारले नयाँ सडक सुरक्षा योजना बनाउने भएको छ ।

सडक सुरक्षासम्बन्धी मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै विशेष योजना बनाएर अगाडि बढ्न लागिएको बताए ।

सडक दुर्घटना न्यूनीकरणका लागि साझा प्रयास आवश्यक रहेको भन्दै उनले सरकारले सबैसँग हातेमालो गरेर अगाडि बढ्न चाहेको स्पस्ट पारे ।

अधिकांश दुर्घटना खराब सडकका कारण हुने गरेको भन्दै मन्त्री महासेठले ट्राफिक व्यवस्थापनलाई वैज्ञानिकीकरण गर्ने सरकारको नीति रहेको जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सरोज प्रधानले बढ्दो सहरीकरणसँगै ट्राफिक व्यवस्थापन गर्न नसक्दा सडक दुर्घटना बढ्न गएको बताए ।

तीनसम्म चल्ने कार्यशालामा विभिन्न मन्त्रालयका प्रतिनिधि, सडक विज्ञलगायत सरोकारवालाहरुको सहभागिता रहेको छ ।