Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


पूर्वराजा ज्ञानेन्द्रलाई प्रचण्डको धम्कीः ‘धेरै नबोले हुन्छ’


0
Shares

प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भने,‘उनी धेरै नबोले हुन्छ, जति बोल्छन् झनै धेरै दुःख पाउँछन्, चुप लागेर बसून्, त्यही राम्रो हुन्छ ।’

‘पूर्वराजा ज्ञानेन्द्रको विज्ञप्तीमा त्यस्तो केही हैन, उनले धमिलो पानीमा तीर हानेर माछा मार्ने सोचेका होलान तर त्यस्तो केही हुँदैन’, प्रधानमन्त्री दाहालले ज्ञानेन्द्रलाई सुझाव दिंदै भने । दाहालले दरबार हत्याकाण्डको उच्चस्तरीय छानविन हुनुपर्ने बताए ।

उनले दरबार हत्याकाण्डलगत्तै आफूहरुले उच्चस्तरीय निष्पक्ष छानविन गरेर सत्यतथ्यबाहिर ल्याउनु पर्ने माग गर्दै आएको भन्दै अझै पनि त्यही मान्यतामा रहेको बताए । मन्त्रिपरिषदमा गृहमन्त्रीले दरबार हत्याकाण्ड छानविनको कुनै प्रस्तावकै रुपमा नल्याएको दावी उनको थियो ।

अन्नपूर्ण पोष्ट दैनिकबाट