
नातिनी कुरेर बसेकी सोयताकी ७० वर्षीया हजुरआमा बुद्धिमाया घाइते भएकी छन् ।
आइतबार बिहान घर अगाडी आगो ताप्दै गरेका दुवै जनालाई चितवन राष्ट्रिय निकुञ्जको जंगलबाट आएको गैंडाले आक्रमण गरेको हो । गैंडा देखेपछि नातिनी लिएर भाग्ने तरखर गरेकी बुद्धिमायाको अगाडी रहेकी सोयतालाई गैंडाले बढी आक्रमण गरेको थियो । शरीरमा बढी चिथोरिएकाले सोयताको मध्यविन्दु अस्पतालमा उपचार गराउन लैजादै गर्दा मृत्यु भएको प्रहरी चौकी कोल्हुवाले जनाएको छ ।
भाग्दै गर्दा आक्रमणमा परि घाईते भएकी बुद्धिमायाको भरतपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।
निकुञ्जभित्र घाँसे मैदान र पानीको व्यवस्था नहुँदा खेतीमा चरन गर्न र पानीका लागि गैंडा, बाघ र अन्य जंगली जनावरहरु गाउँ पस्ने गरेका छन् । जंगली जनावरका लागि आवश्यक पर्ने चरन क्षेत्र र पानीको व्यवस्था गर्न पटक पटक माग गर्दासमेत वास्ता नगरेकाले मानवीय क्षति व्यहोर्नु परेको भन्दै स्थानीयहरु निकुञ्ज प्रशासनसँग आक्रोशित बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्