
आन्दोलनको नेतृत्व गरिरहेको जिल्लास्थित संयुक्त संघर्ष समितिले आइतबार तम्घासमा आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, नागरिक समाज, उद्योग वाणिज्य संघ, पत्रकारहरु, विभिन्न संघसंस्था र सर्वसाधारणले माटो छोएर कसम खाएका हुन् ।
उता, रोल्पमा प्रदेश विभाजन विरुद्ध आइतबार साङ्ले जुलुस प्रदर्शन गरिएको छ । लिबाङ बजार, सुलिचौर, घर्तीगाउँ लगायतका क्षेत्रमा र्याली प्रदर्शन गरिएको हो ।
यस्तै प्यूठानको सिमानासम्म पनि र्याली निकालिएको हो । उनीहरुले राष्ट्रिय झण्डा उचालेर प्रदेश विभाजन हुन नदिने प्रतिवद्धता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्